Comments Add Comment

नवलपरासीका तीन चिनी मिल सञ्चालनमा

१९ मंसिर, काठमाडौं । नवलपरासीमा रहेका तीनवटा ठूला चिनी मिल सञ्चालनमा आएका छन् । नवलपरासीमा रहेको चारवटा चिनी मिलमध्ये तीनवटा सञ्चालनमा आएको उखु उत्पादक कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।

vignette.phpनवलपरासीमा रहेको लुम्बिनी चिनी कारखाना, बागमती खाडसारी मिल र इन्दिरा सुगर मिलले क्रसिङ सुरु गरेको हो । ती चिनी मिलले गत वर्षको रकम भुक्तानी गरेर क्रसिङ सुरु गरेको हो ।

मोहनी सुगर मिलले भने यस वर्षको क्रसिङ अझै सुरु गरेको छैन । मोहनीले किसानलाई अझै डेढ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु किसानका अगुवा प्रेमचन्द्र गुप्ताले बताए ।

चिनी मिल सञ्चालनमा आएपछि किसानले उखु काट्न सुरु गरेका छन्, तर यस वर्ष पनि अझै उखुको मूल्य निर्धारण नहुँदा किसान अलमलमा परेका छन् । उखु उत्पादक कृषक संघर्ष समितिका अध्यक्ष उमेश यादवले चिनी मिलले उखुको मूल्य निर्धारण भएपछि रकम भुक्तानी गर्ने गरी अहिले पेस्की रकमका आधारमा उखु खरिद गरेको बताए ।

तर, तत्काल पेस्की रकम नपाउने हुँदा नगद आवश्यक पर्ने किसानले अझै पनि क्रसर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment