Comments Add Comment

सवा ८ हजार बस्तुमा चीनद्धारा शुन्य भन्सार सुविधा

Tato-pani-sadak-6

१९ मंसिर, काठमाडौं । चीन सरकारले ८ हजार ३० नेपाली वस्तुहरुलाई शून्य भन्सार दरमा आफ्नो मुलुकमा प्रवेश दिने भएको छ । नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई व्यापार विस्तारमा सहयोग पुर्‍याउन चीनले यस्तो सुविधा दिएको हो ।

शून्य भन्सादर दरमा नेपाली ८ हजार ३० बस्तुलाई चिनियाँ बजारको पहुँच पुर्‍याउने विषयमा नेपाल र चीनबीच लेटर अफ एक्स्चेञ्ज गर्ने सहमती भएको छ । लेटर अफ एक्स्चेञ्जमा शुक्रबार वाणिज्य सचिव नारायण गोपाल मलेगो र नेपालका लागी चिनियाँ राजदूत वु चुन्ताईले हस्ताक्षर गरे ।

शुन्य भन्सार सुविधा २०१५ को डिसेम्बरभित्र कार्यान्वयनमा ल्याउने सहमती भएको छ । यसअघि चीनले सन् २००७ मा ४ हजार ७ सय २१ वटा नेपाली वस्तुहरुलाई शुन्य भन्सार दरमा प्रवेश सुविधा दिएको थियो । सन् २०१२ मा उक्त संख्या बढाएर ७ हजार ७ सय ८७ पुर्‍याएको थियो ।

चिनियाँ सरकारबाट प्राप्त यस सुविधासँगै नेपालबाट चीन निर्यात हुने ९७ प्रतिशत वस्तुहरुले शून्य भन्सार दरमा प्रवेश पाउने भएका छन् । यसले नेपाली वस्तुहरुको प्रतिस्पर्धात्मक क्षमता बढाई निर्यात बढाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

चीन नेपालका लागि भारतपछि दोस्रो ठूलो व्यापारिक मुलुक हो । हरेक वर्ष नेपालको चीनसँगको व्यापार घाटा उच्च दरले बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट ८८ करोड ९० लाख रुपैयाँ बराबरको वस्तुहरु चीन निर्यात भएको छ भने २३ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तुहरु चीनबाट आयात गरिएको छ ।

वाणिज्य सचिव मलेगोले सम्झौता कार्यान्वयनमा दुबै देश गम्भिर बन्नुपर्ने बताए । उनले नयाँ सम्झौताबाट नेपालको निर्यात बढाई चीनसँगको व्यापार घाटा कम गराउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । चीनले दिएको अवसरबाट पुरै फाइदा लिने दाबी गर्दै सचिव मलेगोको भनाई थियो ।

नेपालका लागि चिनिया राजदूत चुन्ताईले यस सम्झौताले नेपालको चीनसँगको व्यापारको आकार बढाई निर्यात बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चीनले दिएको सुविधाको भरपुर फाइदा उठाउन पनि नेपाल सरकारलाई सुझाव दिएका छन् ।

शून्य भन्सार सुविधा प्राप्त गर्ने वस्तुहरुमा कृषि तथा गैह्रकृषि दुबै वस्तुहरु रहेको बताइएको छ ।

अति कम विकसित राष्ट्रहरुले बेहोर्नु परेको व्यापार घाटालाई कम गर्ने र उनीहरुको प्रतिस्पर्धात्मक क्षमता विका गरी व्यापार बढाउनका लागि विश्वका विकसित र विकाशिल मुलुकहरुले व्यापारमा सहुलियतपूर्ण व्यवहारहरु कार्यान्वयन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment