Comments Add Comment

‘नाम किन चाहियो पहिचान काफी छ’ भन्दै आर्यन

naike-pressmeet
चकलेटी भूमिकाबाट एकाएक एक्सन अवतारमा परिवर्तित भएका नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘नाईके’ आजबाट हलमा लागेको छ ।
नेत्र गुरुङ निर्देशित यो चलचित्रमा आर्यनका अलवा सुरविना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा आर्यन पहिलो पटक एक्सन अवतारमा देखिएका छन् । आर्यनको यो चलचित्रले व्यापारिक रुपमा राम्रो कमाई गरेको खण्डमा उनका आगामी चलचित्रलाई पनि फाइदा पुग्ने देखिन्छ ।

काठमाण्डौ बाहिरका ३० भन्दा बढी र काठमाण्डौ भित्रका दर्जन हलमा चलेको यो चलचित्रमा समावेश ‘नाम किन चाहियो, पहिचान काफी छ’ भन्ने संवाद अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment