Comments Add Comment

नेताहरुलाई काम गर्न आग्रह (भिडियो)

banaideu-desh
आफ्नो दोश्रो एल्बम ‘दृष्य’मा सामवेश एक गीत मार्फत गायक सुमन श्रेष्ठ‘संगम’ले देश बनाउने नेताहरुलाई काम गरिदिन आग्रह गरेका छन् । वीपी वाग्लेको लयमा तयार पारिएको ‘वुझेर भित्री बेथाहरु, गरी देउ काम नेताहरु’ बोलको गीतको म्यूजिक भिडियो समेत तयार भएको छ ।

यो म्यूजिक भिडियोलाई केदार धितालले निर्देशन गरेका हुन् । केदार विगत केही समयदेखि म्यूजिक भिडियो निर्देशनमा सक्रिय देखिएका छन् । नीति निर्माण र कार्यन्वयन तहका नेताहरुलाई देश र जनताको व्यथा वुझ्न आग्रह गर्दै आफूले गीत तयार पारेको गायक सुमनको तर्क छ ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्यूजिक भिडियोमा सुरविर पण्डित, पल शाह, लक्ष्मी बस्नेत, दृष्य सुवेदी, सुरेश कार्की, ह्यारी योञ्जन, दुर्गेस थापा, राजा राजेन्द्र लगायतले अभिनय गरेका छन् ।

निशान घिमिरेले सम्पादन गरेको सन्देशमुलक गीत तयार गरेर देश निर्माण गर्नेहरुलाई आफूले घचघच्याउने कोशिश गरेको गायक सुमनले बताए । यता, निर्देशक केदार धितालले पनि भिडियोलाई आफूले गीतको मर्म अनुसार तयार पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment