Comments Add Comment

अमेरिकी दुतावासमा ‘झोला’

jhola-6
नेपाल तथा विदेशमा राम्रो चर्चा र व्यापार गर्न सफल चलचित्र ‘झोला’को आज विशेष प्रदर्शनी अमेरिकी दुतावासमा गरिएको छ । अमेरिकी दुतावास जनसम्बन्ध शाखाको बिशेष सहयोगमा यूथ काउन्सिलले यो कार्यक्रमको आयोजना गरेको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगतको कार्यक्रममा चलचित्र ‘झोला’ देखाइएको हो ।

चलचित्रको शो पश्चात यसका निर्देशक यादव भट्टराइसँग महिला हिंसा र चलचित्र ‘झोला’को बिषयमा अन्र्तक्रिया समेत भएको थियो । यो कार्यक्रममा चलचित्रका निर्माताहरु राज तिमिल्सिना, राम गोपाल थापा, मालती शाह पनि उपस्थित थिए । चलचित्रलाई यूथ काउन्सिलका सदस्य र अमेरिकी राजदुतावासका कर्मचारीले हेरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment