Comments Add Comment

जम्मू कश्मीरमा चरमपन्थी आक्रमण, २० मारिए

१९ मंसिर, नयाँदिल्ली । जम्मू कश्मीरको उरी सेक्टरमा सेनाको क्याम्पमा भएको आक्रमणमा चरमपन्थीसहित १७ जनको मृत्यु भएको छ ।

श्रीनगरमा भएको भिडन्तमा दुई चरमपन्थी मारिएका छन् । शोपिया, अन्वतिपुरा र त्रालमा पनि ग्रिनेड आक्रमण भएको छ ।

त्रालमा भएको ग्रिनेड आक्रमणमा सात नागरिक घाइते भएका थिए । उनीहरुमध्ये एकको मृत्यु भएको छ ।

सबै घटनामा गरी शुक्रबार मात्र कश्मीरमा भएको २० जनाको ज्यान गएको छ ।

बिहीबार राति केही बन्दुकधारीले भारतीय सेनाको उरी सेक्टरको मोहरास्थित फिल्ड आर्टिलरी रेजिमेन्टमा आक्रमण गरेका थिए ।

नौं नोभम्बरमा उरी सेक्टरमा भारत प्रशासित जम्मू कश्मीर विधानसभाको तेस्रो चरणको मतदान हुनेछ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र्‍याली गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment