Comments Add Comment

डाक्टरलाई प्रष्ट अक्षर लेख्न निर्देशन

doctor-writing

भारत सरकारले डाक्टरहरुलाई जनरल औषधीको नाम प्रष्ट अक्षरमा लेख्न निर्देशन दिएको छ । केन्द्र सरकारले भारतीय चिकित्सा परिषद् नियमन २००२ को नियमलाई संशोधन गरेर यस्तो निर्देशन दिएको हो ।

लोकसभामा केही सांसदले उठाएको चिन्तालाई स्वीकार गर्दै सरकारले सुधारात्मक उपाय अपनाएको स्वास्थ्यमन्त्री जेपी नड्डाले बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सांसदहरुले डाक्टरहरुले प्रष्ट रुपमा नलेख्दा गम्भीर परिणम आउन सक्ने बताएका थिए ।

मन्त्री नड्डाका अनुसार सरकारले नियम संशेाधनलाई अनुमति दिएको छ, जस अनुसार चिकित्सकहरुलाई औषधीको नाम प्रष्ट र क्यापिटल लेटरमा लेख्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment