Comments Add Comment

भ्रष्टाचारको आरोपमा चीनका पूर्व सुरक्षा प्रमुख पक्राउ

Zhou Yongkang

२० मंसिर, काठमाडौं । भ्रष्टाचारको आरोपमा चीनका पूर्व सुरक्षा प्रमुख जो योङ्गकाङ्ग पक्राउ परेका छन् ।

भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने उनी उच्च चिनियाँ अधिकारी हुन् । चिनियाँ सरकारी सञ्चार माध्यमहरुका अनुसार उनीमाथि छानविन भइरहेको थियो ।

पक्राउपछि उनलाई कम्युनिष्ट पार्टीबाट निस्कासित गरिएको छ । दुई वर्षअघि अवकास पाएका उनी आन्तरिक सुरक्षा विभाग प्रमुख थिए ।

जो का पूर्व सहयोगी र आफन्तमाथि पनि भ्रष्टाचारको मामिलामा छानविन भइरहेको छ ।

सत्तामा आएपछि चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले सरकार र कम्युनिष्ट पार्टीमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि अभियान नै चलाएका छन् ।

जोमाथि पदमा रहँदा पार्टी अनुशासन उल्लंघन गरेको, घुस लिएको, पार्टीको गोप्य दस्ताबेजहरु लिक गरेको र धेरै महिलासँग सम्वन्ध राखेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment