Comments Add Comment

गीतमार्फत् बाटो काट्न सिकाउँदैछन् ट्राफिक प्रहरी

trafic
काठमाडौं । १८ औ सार्क शिखर सम्मेलनलाई लक्षित गरेर काठमाडौको सडक किनारामा रोपिएको फूलवारी जोगाउन प्रहरी लागेको बेला ट्राफिक प्रहरीले भने बाटो काट्न सिकाउने गीत सार्वजनिक गरेको छ ।
ट्राफिक प्रहरीको उक्त अभियानलाई सघाएका छन् कलाकार सरोज ओलीले । प्रायः सन्देशमुलक गीत र भिडियोमा देखिदै आएका सरोजले बाटो काट्ने गीतले आफुलाई पनि सन्तुष्टि दिएको बताए । ‘यो गीत मनोरञ्जन भन्दा पनि सन्देशका लागि हो ।’ अनलाइनखबरसँग कुरा गर्दै सरोजले भने ।
लोक आधुनिक शैलीमा तयार पारिएको यो गीतमा कहाँ कसरी बाटो काट्ने ? गाडी कसरी चलाउने र मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा कस्तो कार्वाही हुनसक्छ भन्नेमा आम सर्वसाधारणलाई जानकारी दिइएको छ । ‘सामान्य मान्छेहरुले समेत गीत सुनेकै भरमा जानकारी पाउन् भन्ने हाम्रो उदेश्य हो ।’ उनले भने ।
बाबुराम दाहालको शब्द रहेको यस गीतमा जुगल डंगोलको संगीत रहेको छ ।
प्रशन्न पौडेलको निर्देशन रहेको भिडियोमा निर्मल शर्मा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी लगायतले अभिनय गरेका छन् । गीत संगीत मार्फत ट्राफिक नियमको बारेमा सडक प्रयोगकर्ताहरुलाई जानकारी गराउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था बिभागको प्रयासमा ट्राफिक गीत निमार्ण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment