Comments Add Comment

अनलले ल्याए ‘मिसन रोल्पा’

misson rolpa 2
काठमाडौं । टेलिभिजनवाट प्रशारण भएको समाचार सुन्ने बित्तिकै अनल गौतमले निर्णय गरेका थिए-‘रोल्पा जिल्लाको गाम गाबिसको जनता माबिका लागि केही गर्नुपर्छ ।’
४५० भन्दा बढी विद्यार्थी पढ्ने उक्त विद्यालयको दुराबस्थावारे जानकारी पाएपछि ‘मिसन रोल्पा’ कार्यक्रम नै बनाए अनलले । अनल भन्छन ‘मेरो मिसन त्यहाँका विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गर्नु थियो ।’
केही साथीहरुको समुह बनाएका अनल आवश्यक सामग्री बोकेर रोल्पाका लागि हिंडे । उनको साथमा थिए विपत्ति ब्यबस्थापन बिज्ञ, हेयर डिजाइनर र कम्प्युटर प्राविधिक ।
एक हजार मिटर स्कुल ड्रेसको कपडा, सिलाइ मेसिन र डे्रस सिलाउन आवश्यक पर्ने अन्य अन्य सामग्री समेत लिएर गएका थिए । पाँचसय थान झोला, पानी पिउने बोत्तल थियो । दुई हजार थान कपि थियो भने दुई सय प्याकेट पेन्सिल, दाँत माँझ्ने ब्रस आदि ।
विशेष त स्कुल जाने वालवालिकालाई सघाउ होस् भनेर विभिन्न सामग्री प्रदान गरेका अनलले काठमाडौवाट रोल्पा जाँदासम्मको विवरण समेटेर डकुमेन्ट्री नै बनाएका छन् मिसन रोल्पा ।
हेर्नुहोस अनलको मिसन रोल्पा भिडियोमा-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment