Comments Add Comment

सिर्जना भन्छिन्- काठमाडौंका केटाहरुले फूर्ति गरेको मन पर्दैन

shirjana subba
काठमाडौं । नायिका सिर्जना सुब्बा यतिबेला डाइङ क्याण्डलमार्फत् फेरि दर्शकमाझ आउँदैछिन् । रङमञ्च हुँदै ठूलो पर्दामा प्रवेश गरेकी सिर्जनाले ‘लुट’ मा पुतलीको भूमिका गरेर दर्शकमाझ स्थापित भएकी थिइन् ।

‘डाइङ क्याण्डल’ को स्क्रिप्ट पढ्दै जाँदा उनलाई आफ्ना वाल्यकालका धेरै कुरा याद आए । कतिपय घटना उनको जीवनसँग मिल्दा पनि थिए । स्कुलकी फुटवल प्लेयर सिर्जनाले ७ कक्षा पढ्दै गर्दा केटाहरुसँग ग्याङ फाइट गरेकी थिइन् ।

‘७ कक्षामा पढ्दा त केटाहरुको एउटा ग्याङ नै कुटियो ।’ पुराना दिन सम्झिदै उनले भनिन् ।

मोरङको श्रीसार्वजनिक निम्न माध्यमिक विद्यालय पढेको सिर्जनाले काठमाडौ आएपछि भने कुनै पुरुषलाई मुक्का हान्न परेको छैन ।

‘काठमाडौमा केटाहरु कुटेको त छैन, तर, सार्‍ह्र धेरै फुर्ति लाउँछन्, त्यो चाहिँ मलाइ मन पर्दैन ।’ उनले भनिन् ।
डाइङ क्याण्डलको रोल चरित्रसंग मिल्छ

‘लुट’ मा पुतलीको भुमिका निर्वाह गरेपछि निकै चर्चामा आइन् सिर्जना । उक्त फिल्ममा उनले निर्वाह गरेको चरित्र राम्रो हुनुको साथै फिल्म पनि अत्यधिक सफल भएकाले उनको ब्यस्तता बढ्दो छ अचेल ।

रंगमञ्च हुँदै फिल्ममा आएकी सिर्जना जस्तो पायो त्यस्तै चरित्र निर्वाह गर्दिन भन्छिन् । सकेसम्म राम्रो विषय भएको फिल्म खेल्नुपर्ने मान्यता छ उनको । ‘डाइङ क्याण्डल’ले आफ्नो करिअर अझै माथी उठाउने दाबी गरिन् ।

‘फिल्म पुरै ब्यबसायिक हो । तर, मेरो भुमिका स्ट्रङ छ । यसमा निर्वाह गरेको चरित्र र मेरो स्वभाव धेरै हदसम्म मिल्छ ।’

अनलाइनखबरसंग कुरा गर्दै सिर्जनाले भनिन् । सौगात मल्लको समेत अभिनय रहेको यो फिल्ममा मात्रै एक दिनको कथा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment