Comments Add Comment

म्यानमारी सुन्दरीलाई काठमाण्डौमा मिस हेरिटेजको ताज

miss-heritej

काठमाडौ । काठमाडौमा सम्पन्न मिस हेरिटेज इन्टरनेसनलमा म्यानमारकी सुन्दरी ह्ला किन क्याइले उपाधी जितेकी छिन् ।

१२ मुलुकका सुन्दरीको सहभागिता रहेको उक्त कार्यक्रममा क्याइले वेष्ट बडीको उपाधी समेत पाइन् । प्रतियोगितामा थाइल्याण्डकी क्विन्टा प्राफासानोवोन फष्ट रनरअप भइन् भने भारतकी शीतल उपरेले सेकेण्ड रनअरमै चित्त बुझाइन् ।

प्रतियोगितामा उत्कृष्ठ पाँचमा परेकालाई विषेश उपाधी दिइएको थियो । थर्ड रनरअपको उपाधी सियरालियोनकी सुन्दरी मरियन्तु एम ढुकुरायले पाइन् । फोर्थको उपाधी सिंगापुरी सुन्दरी भिनेतीय लिमु हुइ जीले पाइन् ।

बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवर्द्धन र सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ इप्लानेटले नेपालमा पहिलोपटक यो कार्यक्रम आयोजना गरेको थियो ।

miss-heritej2

प्रतियोगितामा नेपाल, म्यानमार, थाइल्याण्ड, सिंगापुर, सियरालोन, जाम्बिया, बंगलादेश, भारत, जिम्बावे, उगाण्डा, रसिया र बेलारुसका सुन्दरी सहभागी थिए । प्रतियोगितामा नेपालका तर्फबाट नानी थापाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागिहरुले आफ्नो राष्ट्रियता झल्काउने पहिरनमा आफ्नो परिचय दिएका थिए भने त्यसपछि फेसन डिजाइनर समा बानुले तयार पारेका ढाकाका पहिरन प्रस्तुृत गरेका थिए ।

वातावरणीय सजगता र सचेतता झल्काउने पहिरन हुँदै इभिनिङ गाउन सम्मको प्रस्तुतिपछि सहभागिहरु मध्ये उत्कृष्ट ८ ले अन्तिम निणर्ायक पश्नको सामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment