Comments Add Comment

‘नाइ नभन्नु ल ३’ खेल्न प्रियंकाको निर्मातालाई बारम्बार फोन

priyanka-karki-hot
यतिबेला नायिका प्रियंका कार्कीको हातमा चलचित्रको अभाव भने छैन । एकपछि अर्को चलचित्रले व्यापारिक रुपमा सफलता हात नपारेपनि उनको माग बढेको छ । राम्रा ब्यानरका चलचित्रमा उनकै हालिमुहाली देखिन्छ ।

तर, उनै नायिका कार्की चलचित्र हातमा नभई केही दिन खाली बस्नु परेपनि छटपटिन्छिन् । उनी आफ्नो हातमा चलचित्र नभए, अब के गर्ने होला भन्दै छटपटिने गरेको उनी निकट चलचित्रकर्मी बताउँछन् ।

कलाकारको हातमा निरन्तर चलचित्र हुनै पर्छ भन्ने पनि छैन । तर, प्रियंकालाई भने चलचित्रको अफर नआउँदा र केही  दिन छायांकनमा जान नपाउँदा उकुसमुकुस हुने गर्दछ । एक अन्र्तवार्तामा उनले यो कुरा स्विकार गर्दै हातमा चलचित्र १५ दिन मात्र पनि नहुँदा आफूलाई असहज हुने खुलाएकी थिइन् । उनले निरन्तर काम गर्न चाहने इच्छा व्यक्त गरेकी थिइन् ।

यसैबिच, चलचित्र ‘नाइ नभन्नु ल ३’मा अभिनय गर्नका लागि नायिका कार्कीले निर्देशक मुष्कान ढकाल र निर्माता विकास आचार्यलाई धेरैपटक फोन गरेकी थिइन् । ‘नाइ नभन्नु ल २’को समयमा नै विकासले उनलाई ‘नाइ नभन्नु ल ३’मा लिने बताएका थिए । तर, चलचित्र ‘नाइ नभन्नु ल २’को सफलता पार्टीमा प्रियंकाको भित्री बस्त्र देखिएको स्क्यान्डल मच्चिएपछि उनले ‘नाइ नभन्नु ल ३’मा खेल्ने संभावना थिएन ।

निर्माणपक्ष उनको स्क्यान्डलले चलचित्रलाई असर पुग्ने सोचमा पुगेका थियो । जब, ‘नाइ नभन्नु ल ३’मा आफूलाई नलिने सुइको प्रियांले पाइन्, उनले निर्माता आचार्य र निर्देशक ढकाललाई धेरै पटक फोन गरेर खेल्ने ईच्छा जताएकी थिइन् ।

अनलाइनखबरसँग श्रोतले भन्यो–‘नाइ नभन्नु ल ३’मा आफूलाई खेलाउन बारम्बार प्रियंकाले फोन गरेपछि निर्माणपक्षले पनि लिने सोच बनाएको हो ।’ प्रियंकाले विकासलाई आधा दर्जन भन्दा बढी पटक फोन गरेर चलचित्रमा खेल्ने चाहना व्यक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment