Comments Add Comment

क्रेज घट्ने डरले गरिमाले छोडिन् व्यवसायिक फिल्म

garima-panta
चलचित्र ‘झोला’बाट एकाएक चर्चामा पुगेकी नायिका गरिमा पन्त अहिले केही सुस्ताएकी छिन् । ‘झोला’मा गरेको अभिनयले दर्शक र मिडियामा एक प्रकारको अपेक्षा बढेपछि गरिमालाई पनि अप्ठ्यारो भएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै उनले आफूलाई अहिले मसलेदार चलचित्रको अफर धेरै आउने गरेको खुलाइन् । उनले भनिन्–‘चलचित्रको अफर त धेरै आएको छ । तर, कथा पढ्दै जाँदा चित्त नै वुझ्दैन ।’ दर्शक र मिडियाले आफूबाट धेरै राम्रा चलचित्रको अपेक्षा गरेको भन्दै उनले मसलेदार चलचित्र धेरै छोडेको बताइन् ।

गरिमाका अनुसार कथा पढ्दा राम्रा लाग्ने चलचित्र पर्दामा आइपुग्दा धेरै मात्रामा खस्किन्छिन् । ‘रंग बैजनी’ नायिकाले भनिन्–‘कतिपय चलचित्रको कथा पढ्दा निक्कै राम्रो लाग्छ । तर, हलमा आइपुग्दा ३० प्रतिशत पनि स्क्रिप्ट अनुसारको हुँदैन ।’ यसैले गर्दा कतिपय चलचित्रमा आफूले दर्शकको चाहना पुरा गर्न नसकेको गरिमाको तर्क छ ।

यसकारण अवार्डमा पुगिनन्

गरिमाले गतबर्ष अभिनय गरेको चलचित्र ‘झोला’ले अवार्ड समारोहमा भाग नलिएपछि उनलाई पनि अप्ठ्यारो परेको छ । अधिकांश अवार्ड समारोहमा नोमिनेशनमा नपरेपछि उनको उपस्थिती पनि भएको पाइदैन ।

नोमिनेशनमा नपरेको भनेर निमन्त्रणा आएन कि नजानु भएको हो भन्ने अनलाइनखबरको प्रश्नमा गरिमाले भनिन्–‘मलाई सबैजसो अवार्ड समारोहमा उपस्थितीका लागि निमन्त्रणा आएको थियो । तर, आफ्नै समय नमिलेकाले जान पाइन ।’

हङकङमा आयोजना भएका ‘नेफ्टा र इन्फा’ अवार्डबाट निमन्त्रणा आएपनि आफ्नै व्यक्तिगत कामका कारण जान नपाएको उनले भनिन् । यता, कामना अवार्डदेखि डी सिने अवार्डबाट पनि निमन्त्रणा आएपनि जान नपाएको गरिमाको भनाई छ ।

गतबर्ष अधिकांश अवार्ड समारोहमा देखिएकी यी नायिका यस बर्ष भने ‘राष्ट्रिय चलचित्र पुरस्कार र एनएफडीसी अवार्ड’मा मात्र उपस्थित भएकी थिइन् । चलचित्र ‘झोला’ले अवार्डबाट हात झिकेपछि गरिमालाई निमन्त्रणा नगरिएको चर्चा पनि बजारमा चल्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment