Comments Add Comment

कतारमा बस्ने नेपालीका लागि ‘सिङ्गिङ आइडल’

qutara-idolकतारमा रहने नेपालीहरुको गायन चाहना पुरा गर्न अब एक प्रतिस्पर्धा हुने भएको छ । ‘प्रवासी नेपाली सिङ्गिङ आइडल कतार २०१४’ नाम दिइएको यो प्रतिस्पर्धा डिसेम्बर १२ बाट सुरु हुनेछ । कतारमा रहेको क्वालिटी हाइपर मार्केटमा यो प्रतिस्पर्धाको पहिलो अडिशन हुने भएको छ ।

यो शोलाई भूमिराज दाहालले संचालन गर्दैछन् । नेपालमा रहँदा समेत थुप्रै शो होस्ट गरेका भूमिले कतारमा आयोजना हुने अधिकांश कार्यक्रम संचालन गर्ने गर्दछन् ।
विजेताले नगद १ लाख नगद पुरस्कार सहित एउटा गीत गाउने अवसर समेत पाउँनेछन् । यस्तै, दोश्रो हुनेलाई ५० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । तेश्रो स्थानमा आउनेलाई २५ हजार नगद र गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रवासी नेपाली संगीत परिवार र समाजसेवा अभियान रुपन्देहीको आयोजनामा यो गायन प्रतियोगीता हुन लागेको हो । प्रतिस्पर्धामा कतारमा रहेका नेपालीले मात्र भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment