Comments Add Comment

३० प्रतिशत मात्र विकासका योजना निर्माणका लागि सम्झौता

२२ मंसिर दाङ । यस आर्थिक वर्षको हालसम्ममा तुलसीपुर नगरपालिकामा ३० प्रतिशत मात्र विकासका योजना निर्माणका लागि उपभोक्तासँग सम्झौता भएका छन् ।

समयमै उपभोक्ता योजना सम्झौता गर्न नआउँदा विकास निर्माणका काममा ढिलाइ हुने गरेको तुलसीपुर नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा तुलसीपुर नगरपालिकामा ९४ वटा योजना रहेकामा अहिलेसम्म २८ वटा योजना मात्र उपभोक्तासँग निर्माणका लागि सम्झौता भएको नगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिए ।

कात्तिक मसान्तसम्म विकासे योजना सम्झौता भई सक्नुपर्ने व्यवस्था भए पनि नगरपालिकामा मङ्सिर महिना बित्न लाग्दासमेत विकासे योजना सम्झौता हुन सकेका छैनन् । जसले गर्दा समयमै विकासका काम हुन नसक्ने नगरपालिकाको ठहर छ ।

‘योजना सम्झौताका लागि नगरपालिकाले सार्वजनिक सूचनासमेत जारी गरेको छ, उपभोक्ता समयमै आउनु हुन्न् यसले गर्दा समयमै काम सम्पन्न गर्न सकिँदैन’ योगीले भने ।
तुलसीपुर नगरपालिकाले यस आवमा ६ वटा ठूला जगेडा कोषका योजना सञ्चालन गरेको र ती योजनालगायत अन्य २२ वटा योजनाको सम्झौता गरी काम पनि सुरु गरिएको उनले जानकारी दिए ।
नगरपालिकाले आव २०७१/७२ जगेडा कोषमार्फत ६ वटा योजना, पूर्वाधार विकासतर्फ ११, महिला लक्षित कार्यक्रम चार, बालबालिका लक्षित ६, अन्य लक्षित १६ र प्रवर्द्धनात्मक दुई, सडक बोड नेपाल एकवटा योजना रहेका छन् । त्यसैगरी नगरपालिकाका ११ वडामा विभिन्न ४९ वटा योजना रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment