Comments Add Comment

कुन क्यामेराले फोटो खिच्दा सवैभन्दा आर्कषक देखाउँछ ?

QLD_CM_NEWS_PERFECTSELFIEVIDEO_25OCT13(3)मानिस राम्रो भएर मात्र तस्वीर राम्रो आउँदैन भन्ने भनाइ नै छ । तस्वीर राम्रो निकाल्नका लागि फोटो खिच्ने मान्छेको सीपका साथै क्यामेराको गुणस्तरले सबैभन्दा ठूलो भूमिका खेल्छ ।
डेटिङ साइट ओके कपिडले आफ्नो साइटमा रहेका मध्ये साढे ५ लाख तस्वीरहरुको विश्लेषण गरी आकर्षक तस्वीरका लागि उत्तम क्यामेराको सूचि निकालेको छ । त्यसक्रममा १ करोड १४ लाख वटा विचार एकिकृत गरिएको उक्त साइटले जनाएको छ ।
तस्वीरको आकर्षण तथा गुणवेत्तामा क्यामेराको ब्राण्डले ठूलो प्रभाव पार्ने निकर्ष निकाल्दै ओ के कपिडले कुन क्यामराले खिच्दा सबैभन्दा राम्रो तस्वीर आउँछ र कुन क्यामराले खिच्दा सबैभन्दा झुर ? भन्ने देखाउन एक ग्राफ नै तयार पारेको छ ।
यस अनुसार क्यामरा जतिधेरै गुणस्तरको तथा जटिल भयो तस्वीरको क्वालिटी उतिधेरै राम्रो हुन्छ । लेन्स परिवर्तन गर्न मिल्ने क्यामेरा जस्तै डिजिटल एसएलआर क्यामेराहरुले खिच्ने तस्वीर सबैभन्दा आकर्षक हुने देखिएको छ । त्यसपछि सामान्य खाले प्वाइन्ट एन सुट क्यामराले खिच्ने तस्वीर मध्यमस्तरका हुन्छन् । मोबाइल क्यामराले खिच्ने तस्वीर भने सबैभन्दा न्यून गुणस्तरका हुने देखिएको छ । तर, यसको अपवादको रुपमा प्वाइन्ट एन सुट क्यामराको रुपमा रहेको कोडाकको इजी शेयर क्यामराबाट खिचिने तस्वीर भने ब्लाकबेरी फोनको क्यामराले खिच्ने तस्वीर भन्दा पनि झूर देखिएको छ ।which-camera-is-better copy
ओके कपिडका अनुसार पानासोनिकको माइक्रो फोर/थ्री एस क्यामराले सबैभन्दा आकर्षक तस्वीर खिच्दछ । त्यस्तै क्यानोनको डीएसएलआर आकर्षक तस्वीर खिच्ने मामिलामा तेश्रो स्थानमा छ । सोनी डिएसएलआर चौथो स्थानमा रहेको छ ।
आकर्षक तस्वीर खिच्ने मामिलामा एप्पलको आइफोन १२ औँ स्थानमा रहेको छ । आम उपभोक्ताको अनुभव विपरित सामसुङको फोन भने झुर तस्वीर खिच्ने कोटीमा परेको छ । सबैभन्दा झूर तस्वीर खिच्ने क्यामरामा ब्लाकबेरी फोन क्यामरा परेको छ ।
त्यस्तै उमेर बढ्दै जाँदा जुनसुकै क्यामराले तस्वीर खिचेपनि तस्वीरको आकर्षण भने घट्दै जाने ग्राफले देखाएको छ ।
ग्राफः इन्डिया टुडे/फनालाइटिक्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment