Comments Add Comment

टाइम पर्सन अफ दि इयरको दौडबाट नरेन्द्र मोदी आउट

फाइल फोटो
फाइल फोटो

२३ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टाइम पर्सन अफ दि इयरको दौडबाट बाहिरिएका छन् ।

यद्यपि उनी अनलाइन मतदानमा सबैभन्दा अगाडि थिए । अनलाइन मतदानमा मोदी १६ प्रतिशत मतका साथ सबैभन्दा अगाडि थिए ।

तर, टाइमले पर्सन अफ दि इयरका लागि घोषणा गरेको अन्तिम आठ हस्तीमा उनी परेनन् ।

को-को परे अन्तिम आठमा

टाइमको पर्सन अफ दि इयरको अन्तिम आठमा फर्गुसनका प्रदर्शनकारी परेका छन् । अमेरिकामा काला व्यक्तिको हत्यामा संलग्न गोरा प्रहरी अधिकारीलाई कारबाही नगरेपछि फर्गुसनमा प्रदर्शन चर्किएको छ ।

इबोलाको उपचार गराइरहेका डाक्टर तथा नर्स, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, एप्पलका सीइओ टिम कुक र कुर्द नेता मसूर बरजानी पनि छन् ।

गायिका टेलर स्विफ्ट, अलीबाबा समूहका प्रमुख ज्याक मा र राष्ट्रिय फुटबल लिग आयुक्त रोजर गुडेल पनि अन्तिम आठमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment