Comments Add Comment

फेसबुकमा अब मनपर्ने पोष्ट सिधै सर्च गर्न सकिने

facebook
फेसबुकमा आफुलाई मनपर्ने पोष्टहरु खोज्नका लागि अब पोष्ट गर्नेवालाको वालमा गएर पूराना पोष्टहरु खोजिरहनुपर्नेछैन । फेसबुकले अब सिधै फेसबुकका पोष्ट तथा अन्य सामाग्रीहरु खोज्न सकिने बनाएको छ ।
आफ्ना मोबाइल तथा डेक्स्टप प्रयोगकर्ताका लागि फेसबुकको सर्च क्षमतामा स्तरोन्नती गरिएको फेसबुकले जनाएको छ ।
‘आफुले फेसबुक वालमा पहिले देखेका पोष्टहरु खोज्न सक्नु सबैभन्दा महत्वपूर्ण कुरा रहेको तपाइँहरुले बताउनुभएको थियो र अब तपाइँले यसो गर्न सक्नुहुनेछ’, फेसबुकका उपाध्यक्ष टम स्टकीले एक ब्लग पोष्टमा भनेका छन् ।
क्विक सर्चको माध्यमबाट अब प्रयोगकर्ताले आफ्नो विद्यार्थीकालको फन्नी भिडियो देखि पढ्न चाहेको लेख तथा साथीको विवाहका तस्वीर जस्ता कुरा तत्कालै प्राप्त गर्न सकिने उनको भनाइ छ ।
गएको अगष्टमा फेसबुकले आफ्नो सर्च प्रणालीमा गरेको सुधारको परीक्षण गरिरहेको जनाएको थियो र अब एप्पलका ग्याजेट तथा डेक्स्टप बाट फेसबुक चलाउनेले यो सुविधा उपभोग गर्न पाउने जनाइएको छ ।
सन् २०१३ मा फेसबुकले आफ्नो खोजी सेवा ग्राफ सर्च को घोषणा गरेको थियो जसले प्रयोगकर्तालाई आफ्नो पहुँचमा रहेका डाटाहरु खोजेको समयमा प्राप्त गर्न सक्ने सुविधा दिएको छ ।
तथापि फेसबुकमा आफुले चाहेका जति सबै चिज खोजेर भने पाइनेछैन । फेसबुकको प्राइभेसी गाइडलाइनभित्र पर्ने सामाग्रीहरु जस्तै आफ्नो साथी बनेका प्रयोगकर्ताले पोष्ट गरेका कुरा तथा सार्वजनिक सन्देश जस्ता कुराहरुमा मात्र सर्च गरेर पाउन सकिन्छ ।
आफ्नो वालमा शेयर भएको कुनै सामाग्री वा पोष्ट सिधै सर्च गर्नका लागि सर्च अप्सनमा गएर त्यससँग सम्बन्धित वाक्यांश लेखेमा फेसबुकले सम्बन्धित पोष्ट तथा सामाग्री देखाइदिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment