Comments Add Comment

नुवाकोटमा युवतीको हत्या, एक युवक पक्राउ

कपिलदेव खनाल

२४ मंसिर, नुवाकोट । महिला हिंसाविरुद्धको अभियान चलिरहेका बेला नुवाकोटमा अर्की युवतीको हत्या भएको छ । गोरखाको थलाजुङ-९ का २४ वर्षीय रीता गुरुङ नुवाकोटको सुनखानी-७ सिस्नेरी स्थित जंगलमा मृत अवस्थमा भेटिएकी हुन् ।

death-nuwakotयुवतीको शवको प्रकृति हेर्दा हत्या गरेको फालेको हुन सक्ने प्रहरीको आशंका छ । मृतक गुरुङको मुखबाट रगत निस्किएको, शरिरको तल्लो भागको कपडा फुकालिएको तथा विभिन्न स्थानमा चोट लागेको अवस्थामा जंगलमा शव भेटि्टएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकरीले जानकारी दिए ।

घटनाको सम्बन्धमा अनुसन्धानको लागि गणेशस्थान-४ का अजित ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक गुरुङसँग लामो समयदेखि चिनजान रहेका अजितले उनलाई नुवाकोट घुमाउन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ परेका ढकालको बा ६४ प २२३ नम्बरको मोटरसकइल प्रहरीले घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको छ । शवको प्रकृति हेर्दा गुरुङको कसैले हत्या गरेको जस्तो देखिन आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment