Comments Add Comment

इबोलाविरुद्ध लड्ने स्वास्थ्यकर्मीले पाए टाइमको बर्ष ब्यक्ति पुरस्कार

Time-Person-of-the-Year

२४ मंसिर, काठमाडौं । चर्चित अमेरिकी पत्रिका ‘टाइम’ले सन् २०१४ को बर्ष ब्यक्तिको उपाधि अफ्रिकी मुलुकमा इबोला संक्रमित बिरामीको उपचारमा सक्रिय स्वास्थ्यकर्मीलाई सामूहिक रुपमा प्रदान गरेको छ ।

ती देशका सरकारहरु इबोलाको प्रतिरोधका लागि साधन सम्पन्न नरहेको तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थासमेत अस्वीकार्य रहेको अबस्थामा फिल्डमा खटिएका मानिसहरु, डाक्टर, नर्स, एमबुलेनस ड्राइभर तथा शव गाड्ने टोलीहरु सँगसँगै काम गरेर इबोला सामना गरेको भन्दै टाइमले उनीहरुको प्रसंसा गरेको छ ।

टाइमले भनेको छ ‘उनीहरुले जोखिम मोले, खटे, त्याग गरे र बचाए ।’

इबोला विरुद्धका लडाकुहरुले उनीहरुको थकानरहीत साहस र कृपायुक्त कार्यका लागि टाइम पर्सन अफ दी इयर घोषणा गरेको टाइमले जनाएको छ ।

विश्वलाई ‘सही तथा खराब कामबाट प्रभावित गरेका’ विभिन्न ८ व्यक्तिहरुको अन्तिम सूचिबाट टाइमले वर्ष व्यक्ति छनोट गरेको हो ।

टाइम वर्ष व्यक्तिको अन्तिम छनोटमा अमेरिकाको फर्गुसनका प्रदर्शनकारी, रुसी राष्ट्रपति भ्लादमिर पुटिन, पप स्टार टेलर स्विफ्ट, अलिबाबाका संस्थापक ज्याक मा, एप्पलका सिइओ टिम कुक, इराकको कुर्दिस क्षेत्रका राष्ट्रपति मसुद बर्जानी र अमेरिकाको नेसनल फुटबल लिगका आयुक्त रोजर गुडेल थिए ।

गतवर्ष पोप फ्रान्सिस टाइम पर्सन अफ दी इयर बनेका थिए ।

टाइम पत्रिकाले सन् १९२७ यता हरेक बर्ष ‘पर्सन अफ दि इयर’ घोषणा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment