Comments Add Comment

संयुक्त राष्ट्रसंघले जून २१ लाई बिश्व योगा दिवस घोषणा गर्ने

yoga
२५ मंसिर, काठमाण्डौ । संयुक्त राष्ट्रसंघले जुन २१ तारिखलाई बिश्व योगा दिवसका रुपमा घोषणा गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई स्वीकार्दै राष्ट्रसंघले योगा दिवस घोषणा गर्न लागेको हो ।

हिन्दु ग्रन्थ गीताको ५१५१ औं बर्षगाँठ मनाउन हालै दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले यस्तो जानकारी दिएकी हुन् ।

‘प्रधानमन्त्रीले तीन महिना पहिले बिश्व योगा दिवस मनाउने प्रस्ताव गर्नुभएको थियो, त्यसमा अहिलेसम्म १७० मुलुकको समर्थन प्राप्त भइसकेको छ’ स्वामी रामदेवसमेत उपस्थीत कार्यक्रममा स्वराजले भनिन- जुन २१ लाई अब राष्ट्रसंघले योगा दिवसका रुपमा मनाउने छ ।’

पूर्वीय दर्शनमा स्वास्थ्यका लागि योगा परापूर्व कालदेखि नै प्रचलित छ । पछिल्ला बर्षहरुमा पश्चिमा मुलुकहरुमा पनि योगा निकै लोकपि्रय हुँदै गएको छ ।
-प्रेस ट्रष्ट अफ इन्डिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment