Comments Add Comment

ससुरा मार्ने ज्वाई प्रहरी नियन्त्रणमा

२५ मंसिर, बुटबल । ससुराको हत्या गर्ने रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको मोतिपुर १ रानीगन्जका श्यामसुन्दर थारु (चौधरी)को उनका ज्वाइँ रामप्रसादले हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि भारततर्फ भाग्दै गरेका रामप्रसादलाई रुपन्देही प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । नाकाबन्दी गरेर चेकजाँच गर्नेक्रममा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिए ।

चौधरीले ससुराको हत्या गरेर साइकलमा बिहान भैरहवा पुगेको र सुनौली नाका हुदै भारत पस्नका लागि मोटरसाइकल लिफ्ट खोज्दै गर्दा छोपेको हो ।

पोखराका प्रहरी निरीक्षक बिक्रम थापाको नेतृत्वमा बुटवल झिकाइएको ज्वाला नामको कुकुरको अनुसन्धानबाट पनि हत्यारा उनी नै भएको पुष्टी भएको छ । कुकुरलाइ हत्या भएको स्थान र भैरहवासम्म पुर्याइएको थियो । रामप्रसादले ससुराले आफ्नी श्रीमतिलाइ ८ दिन अघि अन्तै बिहेगरिदिएको रिसमा एक्लैले हत्या गरेको स्वीकारेका छन् ।

कपिल ज्ञवालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment