Comments Add Comment

काठ तस्कर गर्ने २२ जना प्रकाउ

२५ मंसिर, भोजपुर । भोजपुरको केउरेनिपानीबाट सङखुवासभाको खाँदबारी काठ निकासी गरेको अरोपमा प्रहरीले २२ जनालाई प्रकाउ गरेको छ । केउरेनिपानी गाविसबाट अबैध रुपमा १५ क्यिुफिट चिरानी काठ सङखुवासभाको निकासी गर्न क्रममा उनिहरु प्रकाउ परेका हुन ।

सोमबार राति १२ बजे तिर बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यलय दिङ्गलाको टोलीले २२ जनालाई प्रकाउ गरी अनुसन्धानको लागि जिल्ला पठाएको छ । प्रकाउ पर्नेमा केउरेनिपानीका मिनकुमार राई, चन्द्रबहादुर श्रेष्ठ, टेकबहादुर कुमाल लगायत २२ जना छन् ।

प्रक्राउ परेकालाई १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उमेश अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment