Comments Add Comment

बिश्वकै तेस्रो ठूलो चिनियाँ स्मार्टफोनमाथि भारतमा प्रतिबन्ध

 

Xiaomi-1बिश्वकै तेस्रो ठूलो स्मार्टफोन उत्पादकका रुपमा स्थापित चिनियाँ कम्पनी शाओमी (Xiaomi) लाई भारतमा बिक्रि बितरण गर्न प्रतिबन्ध लगाइएको छ ।
दिल्लीस्थित उच्च अदालतले सोमबार शाओमीलाई आयात, बिक्रिबितरण र बिज्ञापन गर्न प्रतिबन्ध लगाउने आदेश दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
आफ्नो डिजाइन र प्याटेन्ट चोरेको भन्दै युरोपेली मोबाइल कम्पनी सोनी इरिक्सनले दायर गरेको मुद्दामाथि फैसला गर्दै दिल्ली उच्च अदालतले शाओमीको बिक्रिबितरणमाथि प्रतिबन्ध लगाएको हो ।
तर, यस्तो प्रतिबन्ध शाओमीका सवै सेटमा हो वा कुनै निश्चित मोडलका सेटमा मात्र लागू हुने भन्ने खुलाइएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment