Comments Add Comment

एमबीबीएसमा नक्कली विद्यार्थी घुसाउने जीतेन्द्र निलम्बित

२५ मंसिर, काठमाडौ । एमबीबीएस छात्रवृत्तिको परीक्षामा नक्कली परीक्षार्थी सामेल गराई अनियमिता गरेको भन्दै जितेन्द्रकुमार अधिकारीले दुई वर्षसम्म परीक्षा दिन नपाउने भएका छन् ।

काठमाडौं मोडेल उच्च माविमा नक्कली परीक्षार्थी घुसाउने जितेन्द्र अधिकारी दुई वर्षलाई निलम्बित भएका हुन्

मंसिर २० गते सञ्चालन भएको छात्रवृत्ति परीक्षाका विद्यार्थी रोल नम्बर ४९२५ का विद्यार्थी जीतेन्द्र अधिकारीले नक्कली परीक्षार्थी सामेल गराएकाले उनी कारवाहीमा परेका हुन् ।

अधिकारीलाई दुई वर्ष छात्रवृत्ति परीक्षामा सहभागी हुन नपाउने गरी शिक्षा मन्त्रालयले निलम्बन गरेको जनाएको छ ।

गोल्डेन गेट कलेजले अनियमित कार्य गरेको ठहर गर्दै उक्त कलेजमा यसअघि तोकिएको परीक्षा केन्द्र पनि स्थगन गरिएको छ ।

शनिवार हुन लागेको एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ् लगायतका विषयहरुको छात्रवृत्तिको परीक्षामा गोल्डेनगेट कलेजको परीक्षा केन्द्र हटाइएको हो ।

राजधानीका बाँकी आठवठा परीक्षा केन्द्रबाट शनिबार ८ हजार ८ सय ५८ विद्यार्थीले एमबीबीएस छात्रवृत्तिका लागि दोहोर्‍याएर परीक्षा दिँदैछन् ।

शनिबार हुने परीक्षाका लागि गोल्डेन गेट कलेजबाहेक आठवटा केन्द्र यथावत राखेर मन्त्रालयले सूचना जारी गरेको छ

परीक्षाका लागि सीसीटीभी जडान भएका कलेजहरु एम्बिसन, काठमाडौं मोडल, लिभरपुल, एलआरआई, नोबेल एकेडेमी, पेन्टागन, साउथ वेस्टर्न र ट्रिनिटी इन्टरनेशनमा केन्द्र तोकिएको छ ।

छात्रवृत्ति परीक्षामा माथिल्लो तहबाटै अनियमिता हुने गरेको तथा परीक्षा अगावै प्रश्नपत्र आउट गरी दश लाख सम्म घुस लिएको भन्दै अख्तियारले केही व्यक्तिलाई रंगेहात पक्राउ गरेपछि मंसिर २० गतेको परीक्षा रद्द भएको थियो ।

तर, नयाँ प्रश्नपत्र बनाउन नभ्याएपछि शनिबारको परीक्षा पुरानै सेटको प्रश्नपत्रबाट गर्ने तयारी भइरहेको बुझिएको छ ।

परीक्षामा कडाइ

परीक्षामा अनियमितता हुने भएको भन्दै आलोचना भएपछि शनिवार लिइने परीक्षामा कडाइ गरिने भएको छ ।
परीक्षा केन्द्रमा मोबाइल फोन, क्यामेरा, ब्लुुटुथ प्रविधियुक्त उपकरणहरु, श्रव्यदृष्य उपकरण तथा कम्युटर प्रविधियुक्त कुनै पनि उपकरण परीक्षा केन्द्रमा लैजान समेत प्रतिबन्ध लगाइएको शिक्षा मन्त्रालय, छात्रवृत्ति शाखाको सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment