Comments Add Comment

चन्द्रागिरिलाई वातावरणमैत्री नगरपालिका बनाउने अठोट

२५ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकालाई वातावरण मैत्री बनाउन स्थानीय राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिले अठोट गरेका छन् ।

नवघोषित चन्द्रागिरि नगरपालिकाको कार्यालय शुभारम्भ कार्यक्रममा विहीबार सहभागी राजनीतिक दलका स्थानीय प्रतिनिधि र नागरिक समाजका अगुवाहरुले देशकै नमुना नगरपालिका बनाउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका जीवन गिरी, एमालेका राजेन्द्र केसी, एनेकपा माओवादीका शशि गिरी, राप्रपा नेपालका गंगाबहादुर केसीलगायतले पर्यापर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना बोकेको चन्द्रागिरिलाई वातावरण मैत्री बनाउने संकल्प आजैदेखि सुरु गरिएको बताए ।

तत्कालीन दहचोक गाविसको वडा नम्बर १ र २ तथा आसपासका गाविस मिलाएर चन्द्रगिरि नगरपालिका बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment