Comments Add Comment

भर्जिन लोकेसनको खोजीमा डाँडाखोला चहार्दै रामकृष्ण

ramkrishna 2
काठमाडौं । नयाँ भिडियो निर्माणका लागि रामेछाप र सिन्धुलीका डाँडाकाँडा घुमेर फर्किएका छन् गायक रामकृष्ण ढकाल ।
केही महिना अघि बजारमा आएको एल्बम ‘मेरो साथी’ को ‘न छ हावा… बोलको गीतको भिडियो निर्माणका लागि उनी रामेछाप पुगेका थिए ।
‘भिडियोको लोकेशन भर्जिन होस भनेर रामेछाप र सिन्धुलीको केही ठाउँ पुगेको धारणा राख्ने रामकृष्णले ठाउँ खोज्ने काम निर्देशक प्रशन्न पौडेलले गरेको जानकारी दिए ।
‘भर्जिन लोकेशन चाहिन्छ भनेको थिए, प्रशन्नजीले साँच्चै गज्जब ठाउँ खोज्नु भएको रहेछ ।’ अनलाइनखबरसंग कुरा गर्दै ढकालले भने ।
त्यसो त आफु तराइमा हुर्केकाले पहाडले जहिल्यै मोहनी लाउने गरेको छ उनलाई । दुई दिनसम्म सिन्धुली र रामेछापको केही गाउँ घुमेर कामकोे साथै मनोरञ्जन पनि लिए रे उनले ।

ramkrishna 1
‘सुटिङ त गरियो नै त्यो भन्दा पनि रमाइलो पाखा पखेरा घुम्दा लाग्दो रहेछ ।’ उनले भने । गएको वर्ष भदौमा ‘बाचुन्जेलीलाई…’ पछि उनको नयाँ भिडियो आएको छैन ।
दर्शक र नयाँ भिडियोको सम्बन्ध नजोडिएको लामो समय भएको बताउने रामकृष्णले यसपाली भिडियो बनाउने ढिला भएको स्वीकारे । ‘अब त्यस्तो हुन्न, नयाँ वर्षसम्ममा केही नयाँ भिडियो लिएर आउँछु ।’ उनले भने ।
अहिले निर्माण भएको भिडियोमा दुर्गालाल श्रेष्ठको गीत र न्हु बज्राचार्यको संगीत रहेको छ । मोडल रहेका छन् राम अधिकारी र स्वस्नीया खड्का ।
हरेक गीतका लागि भिडियो अनिवार्य भए जस्तो लागेको छ उनलाई । गीतको प्रमोशनको माध्यम भिडियो नै हो भन्ने बुझेका ढकाल आउँदो बैशाखसम्म आधा दर्जन गीत बजारमा ल्याउने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment