Comments Add Comment

पोपले दलाई लामालाई भेट्न मानेनन्

Pope Francis waves to crowds as he arrives to his inauguration mass on 19 March 2013.

२७ मंसिर, काठमाडौं । पोप फ्रान्सिसले तिब्बतका निर्वासित धर्मगुरु दलाई लामालाई भेट्न अस्वीकार गरेका छ्न ।

नोबेल शान्ति पुरस्कार विजेतालाई भेट्न रोम पुगेका दलाई लामाले पोप फ्रान्सिससँग पनि भेटवार्ता गर्ने इच्छा देखाएका थिए । तर, पोपले निजी भेट अस्वीकार गरे ।

पोप फ्रान्सिसले भेट्न अस्जीकार गर्दा आफू निराश भएको दलाई लामाले बताएका छन् ।

दलाई लामाले नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी र मलाला यूसुफजईलाई दक्षिण अफ्रिकामा भेट्ने कार्यक्रम तय भएको थियो ।

तर, दक्षिण अफ्रिकाले भिसा दिन अस्वीकार गरेपछि भेटका लागि उनी रोम पुगे ।

पोपसँग दलाई लामाको भेट २००६ मा भएको थियो, त्यसबेला पोप बेनेडिक्ट सोह्रौंले भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment