Comments Add Comment

काठमाडौं आएर कपिलले भने- फेरि भब्य कार्यक्रम लिएर आउँछु

Kapil sharma at kathmandu

२७ मंसिर, काठमाडौं । शनिबार दशरथ रंगशालामा हुने तय भएको कार्यक्रम स्थगित भएपनि भारतका चर्चित कमेडियन कपिल शर्मा काठमाडौं आए ।

‘कार्यक्रम स्थगित भएको ५० प्रतिशत दुःख र काठमाण्डौ आउन पाएकोमा ५० प्रतिशत खुसी लागेको छ,’ शनिवार साँझ काठमाण्डौमा नेपाली संचारकर्मीसँग कुरा गर्दै उनले भने ।

आफूलाई मन पर्ने ठाउँ भएकाले कार्यक्रम रद्द भए पनि काठमाडौं आएको उनले बताए ।

चर्चित टेलिभजन शो ‘कमेडी नाइट विथ कपिल’का दादी (अली अस्गर) र राजुको साथमा काठमाडौं आएका कपिलले कार्यक्रम रद्द भएकोमा दुःख व्यक्त गर्दै नेपाली दर्शकहरुका लागि छिट्टै अर्को कार्यक्रम लिएर आउने बताए ।

‘धेरै मानिसहरुलाई भेट्ने यो उपयुक्त मौका थियो । तर हुन सकेन’ उनले भने-‘नेपाली दर्शकका लागि हामी छिट्टै केही गर्छौं ।’

सुरक्षाका कारण आफ्नो कार्यक्रम स्थगित भएको जानकारी पाएको भन्दै उनले भने-‘कार्यक्रम स्थगित भएकोमा दुःख लागेको छ । तर, सुरक्षा पनि मुख्य कुरा हो । कार्यक्रम स्थलमा केही समस्या रहेछ । कार्यक्रम भएर त्यहाँ कुनै भागदौड भइदिएको भए नराम्रो हुन सक्थ्यो ।’

भिडियो

काठमाडौंको कार्यक्रम रद्ध हुन्छ भन्ने कहिल्यै सोचेको थियो भन्ने प्रश्नमा उनले आफ्नो कमेडियन शैलीमा भने-बडेबडे देशमे छोटे-छोटे बात होते रहेते है।’

नेपाली दर्शकलाई हसाउन नपाए पनि आफू पशुपतिनाथको दर्शन गरेर जाने कपिलले बताए ।

मेरो कार्यक्रममाथि कसैको नजर लाग्यो

पत्रकारहरुसँगको भेटपछि उनले एनसेलका कर्मचारी र व्यापारीहरुसँग पनि भेट गरे । उनीहरुलाई सम्बोधन गर्दै उनले भने-‘म चाहन्थेँ कि शो निकै राम्रो होस् तर, हाम्रो कार्यक्रममाथि कसैको आँखा लाग्यो ।’ केहीबेर अडिएर उनले हाँस्दै भने-बंगलादेशबालो की ?’

अझ भब्य कार्यक्रम गर्ने गरी छिट्टै नेपाल आउन प्रयास गर्ने र त्यसबेला कमेडी नाइट विथ कपिलको सम्पूर्ण टीम नै लिएर आउने उनले बाचा गरे ।

नेपाल पनि घर जस्तै लाग्छ

कपिलले सगरमाथा भारतमा पर्छ भनेर आफूले नभनेको समेत स्पष्टिकरण दिए । अष्ट्रेलियामा छायांकन भएको कार्यक्रममा बाहिरका मानिसहरु आएर सगरमाथा चढ्छन् तर हामी (भारतीय) घरमै चढ्दैनौं मात्र भनेको उनले बताए ।

कसैको भावनामा चोट पुगेको भए आफूले माफी मागिसकेको भन्दै उनले कमेडियन शैलीमा भने-‘नेपाल पनि घर जस्तै लाग्छ । अमृतसर (आफ्नो घर) जान जान ३ घन्टा लाग्छ, नेपाल दुई घन्टामै आइपुगिन्छ ।’

पत्रकारहरुसँगको भेटमा पनि कपिल शर्मा टीभी शोमा जस्तै ठट्यौली पारामा प्रस्तुत भए ।

नेपाली केटीसँग बिहे !IMG_5630 copy

अहिलेसम्म अविवाहित हुनुहुँदोरहेछ । कुनै नेपाली केटीसँग विहे गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने-‘यस्तो अफर आएको छैन । आयो भने बिचार गर्छु ।’

तपाईको छेउछाउमै छन् नि भन्ने प्रश्नमा उनले सँगै बसेका हास्य कलाकार जितु नेपाललाई देखाउँदै भने-‘उहाँ ?’

कार्यक्रममा पत्नीको भूमिकामा रहेकी महिला राम्रो भएपनि किन यति धेरै होच्चाएको भन्ने प्रश्नमा उनले भने- तपाईलाई मेरी श्रीमती राम्रो लाग्यो ? ठिकै हो, सबैलाई अरुकै श्रीमती राम्रो लाग्छ ।’

जीवनमा कतिको रुनुहुन्छ भन्ने प्रश्नमा उनले धेरैपटक रोएको बताए । तर, पछिल्लो पटक कहिले रोएँ भन्ने याद नभएको जवाफ दिए ।

kapil sharmaa  at nepal (1) kapil sharmaa  at nepal (2) kapil sharmaa  at nepal (4) kapil sharmaa  at nepal (8) kapil sharmaa  at nepal (9) kapil sharmaa  at nepal (14) kapil sharmaa  at nepal (15) kapil sharmaa  at nepal (16) kapil sharmaa  at nepal (18)तस्वीरः श्रीधर पाैडेल/ अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment