Comments Add Comment

लठ्ठै पर्‍यो दुनियाँ ओठको लाली हेरेर….

benisha
काठमाडौं । गीत सार्वजनिक भएको १० दिन मात्रै भयो । अहिले कल्पना कुशुमलाई फोन उठाउन भ्याइ नभ्याइ छ । ‘कस्तो राम्रो गीत’ उनलाइ चिन्नेहरुले यसै भन्छन अरे ।
मख्खै पर्‍यो भमरा फूलको डाली हेरेर…बोलको गीत गाएकी कल्पनाले गीत सुन्नेहरुलाई पनि मख्ख पारेकी छिन् । ‘धेरै जनाले गीत मन परेको कुरा गर्नु भएको छ ।’ अनलाइनखबरसँग कुरा गर्दै कल्पनाले भनिन् ।
अहिलेका पुस्ताले डान्सिङ स्टेपको गीत मन पराएको बुझेकी कल्पना आफ्नो गीत डान्सिङ मुडको भएकै कारण धेरैलाई मन परेको धारणा राख्छिन् ।
पहिलो गीतवाट राम्रो प्रतिक्रिया पाएकी कल्पनाले कमल खत्रीसंग अर्को गीत गाउने तयारी समेत गरिसकेकी छिन् । त्यसो त अन्य केही राष्ट्रिय गीत गाउने पनि उनको योजना रहेको छ ।
स्कुल पढ्दा नाच्नमा रुचि राख्ने अहिले गाउँछिन् मात्र । कल्पनाको गीतमा मोडलिङ गरेकी छिन् बेनिशा हमालले पुष्प, रञ्जन र सुरेशसँग अभिनय गरेकी बेनिशाको सौन्दर्यले पनि भिडियोलाई चर्चित बनाएको छ ।
भिडियो

तिर्खाएका मान्छेहरु आफैं खोली धाउँछन्
माया गर्ने बहानामा नजीक-नजीक आउँछन्…
भन्दै बेनिशाले आफ्ना अघिपछि लाग्ने तन्नेरीहरुलाइ लगारेको दृष्य आफैमा राम्रो छ । भिडियोलाई जीबन्त बनाउन निर्देशकले राम्रै मेहनत गरेका छन् । पुरु लम्सालको शब्द र थानेश्वर गौतमको संगीत रहेको भिडियोको निर्देशन विशाल भण्डारीले गरेका छन् ।

kalpana 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment