Comments Add Comment

फ्रेस फेस : बारम्बार शारीरिक सम्बन्धको प्रस्ताव आयो: स्मिता (भिडियोसहित)

Smita Thapaliya (7)
‘रोमान्स’ चलचित्रमा अभिनय गर्दा नव–नायिका स्मिता थपलियालाई आलोचना धेरै खप्नु पर्‍यो । चलचित्र क्षेत्रमा छाडापन भित्राउने र चर्चाका लागि जस्ता दृश्य पनि दिने नायिकाहरुको सुचीमा उनी पनि अटाइन् ।

आज उनी यो क्षेत्रमा कसरी अगाडि बढ्ने भन्नेमा नै दोधारमा छिन् । पछिल्लो समय चलचित्र ‘मेरो मान्छे’मा अभिनय गर्दासम्म पनि उनलाई आफ्नो परिचय बनाउन मुश्लिक नै देखिन्छ ।

अनलाइनखबरको ‘फ्रेस फेस’का लागि कुरा गर्ने क्रममा यी नव–नायिकाले मनमा लागेका र भोगेका सबै कुरा खोलिन् । ३ बर्ष अगाडि एक निर्माताले काठमाण्डौको नयाँ बानेश्वरमा उनलाई चलचित्र खेलाउन भनी बोलाएका रहेछन् । तर, चलचित्र खेल्न आफूसँग शारीरिक सम्बन्ध राख्नु पर्ने अफर गरेपछि स्मितालाई यो क्षेत्र नै मन परेन । उनले भनिन्–‘३ पटकसम्म मलाई शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि मलाई त उसको गालामा थप्पड हान्न मन थियो ।’

भिडियो

जता गए पनि चलचित्र खेल्न यस्तै मात्र अफर आएपछि स्मिता आफूलाई दिक्क लागेर गाउँ फर्किएको बताउँछिन् । नेपाली चलचित्र खेल्नका लागि आफूलाई मात्र हो या अरुलाई पनि यस्तै प्रस्ताव आउँछ, उनले वुझ्न सकेकी छैनन् ।

आफूलाई अभिनय, डान्स राम्रो आउँने भन्दै उनले आफू अरुसँग मिल्न सक्ने खुबी भएका कारण पनि यो क्षेत्रमा अगाडि बढ्न सक्छु भन्ने लागेको खुलाइन् । चलचित्र क्षेत्रमा भविष्य छ भन्ने उनलाई फिटिक्कै लाग्दैन ।

तर, पनि संघर्ष गर्दै जाँदा एकदिन सफल भइन्छ भन्ने उनलाई थाहा छ । ‘रोमान्स’, ‘लभ इज लाइफ’, ‘कैफियत’, ‘स्पर्श’ र ‘मेरो मान्छे’मा अभिनय गरिसकेकी यी नव–नायिकाले आफ्नो परिचय पाउँन अझै काम गर्नु पर्ने बताइन् ।

Smita Thapaliya (3)

Smita Thapaliya (5)

Smita Thapaliya (2)

Smita Thapaliya (6)

Smita Thapaliya (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment