Comments Add Comment

गच्छदारलाई काउन्टर दिन मातृका र जेपीको अर्को मोर्चा

२८ मंसिर, काठमाडौं । संविधानसमा रहेका मधेस केन्द्रित दलको मोर्चालाई चुनौति दिँदै मातृका यादव, गोपाल ठाकुरसहितका नेताहरुको पहलमा मधेसमा अर्को मोर्चा बन्ने भएको छ ।

Matrika-yadav-and-jp-guptaमोर्चा गठनको तयारी स्वरुप पुस २ र ३ गते जनकपुरमा भेला आहृवान गरिएको छ । ‘वामपन्थी, जनजाति सबैसँग मिलेर राष्ट्रिय पहिचानको आन्दोलन गर्न मधेसीहरुको मोर्चा बनाउन लागिएको हो’ नेकपा (माओवादी) का संयोजक मातृकायादवले अनलाइनखबरसँग भने ।

उनका अनुुसार मोर्चाको नाम मधेसी राष्ट्रिय आन्दोलन प्रस्ताव गरिएको छ । मोर्चामा दलगत रुपमा नभए व्यक्तिगत रुपमा सहभागी गराइने यादवले बताए ।

जेपी गुप्तासँग सहकार्यको प्रयास

मातृका यादवसहितका नेताहरुले तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्तासँग पनि वार्ता गरेका छन् । ‘धेरै कुरा मिलेको छ तर, केहीशब्दमा भिन्तता भएकाले हामी छलफलमै छौं’ यादवले भनेका छन् ।

गुप्ताले पनि संविधानसभामा भइरहेको छलफलमा मधेसी, जनजातिको एजेण्डा उपक्षा भएकाले अब मिलेर आन्दोलन गर्नुपर्छ भन्नेमा सहमति भएको स्वीकार गरे । ‘हामी अहिले गृहकार्यमा छौं’ गुप्ताले अनलाइनखबरसँग भने-‘जनकपुरमा हुने भेलामा हामी पनि जान्छौं ।’

मधेसी मोर्चालाई काउन्टर

संविधानसभामा रहेका पहिचान पक्षधर दलहरुले प्रचण्डको नेतृत्वमा संघीय लोकतान्त्रिक मधेसी मोर्चा बनाएका छन् ।

आदिवासी जनजातिहरुले पद्मरत्न तुलाधरको नेतृत्वमा आदवासी जनजाति राष्ट्रिय आन्दोलन थालेका छन् ।

तर, प्रचण्ड मोर्चामा आवद्ध मधेसवादी दलहरुले केही समयअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएका छन् । सरकारमा आउन कांग्रेस-एमालेले दिनदिनै फकाइरहेका बेला मधेसवादी दलहरुले मोर्चा बनाएपछि प्रचण्ड समेत झस्किएका छन् ।

माघ ८ को निर्णायक मोडमा मधेसवादी दलहरु सत्तामा जान्छन् किभन्ने प्रश्न मोर्चामा उठ्ने गरेको एक नेताले अनलाइनखबरलाई बताए ।

उनका अनुसार मातृका यादव, जेपीगुप्ता सहितका नेताहरुले बनाउन लागेको मधेसी मोर्चा संविधानसभामा नरहेका मधेसी दलहरुलाई गोलवन्द गर्ने मात्र होइन, विजयकुमार गच्छदारहरु सरकारमा गएको खण्डमा काउन्टर दिने समेत बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment