Comments Add Comment

शिक्षा क्षेत्रको समस्याप्रति सरकार गम्भीर नभएको सभासदहरुको आरोप

२८ मंसिर, काठमाडौं । सभासदहरुले शिक्षाका समस्या समाधान गर्न सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

एमबीबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको, जनकशिक्षा सामग्री केन्द्रमा अस्तव्यस्तता बढेको, हरेक बर्ष पाठ्पुस्तकको अभाव हुने गरेको र शिक्षक सेवा आयोग परीक्षा पास गरेकाहरुको पनि पदस्थापन नसकेकोप्रति ध्यान नदिएको सभासदहरुको गुनासो छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको शिक्षा उपसमितिको बैठकमा सभासदहरुले यस्तो गुनासो गरेका हुन् । बैठकमा सभासदहरु जीवन परियार, श्रीमाया थकालीलगायतले धारणा राखेका थिए ।

उपसमिति संयोजक गणेशमान गुरुङले सबैभन्दा धेरै समस्या शिक्षामा देखिएको भन्दै शिक्षामन्त्रीले समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।

समितिकी सभापति रञ्जु झाले शिक्षा मन्त्रालयले २५ हजार अस्थायी शिक्षकहरुको मागप्रति मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन् । यस्तै जनक शिक्षामा २ सय कर्मचारी निकालिएपछि आएको समस्याबारे पनि समितिलाई जानकारी गराउनुपर्ने बताइन् ।

बैठकमा सहभागी शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले अस्थायी ५० प्रतिशत शिक्षक स्थायी भएको र ५० प्रतिशत स्थायी हुन बाँकी रहेको भन्दै देशका लागि कति शिक्षक चाहिने हो त्यो निर्धारण गर्नु जरुरी भएको बताए ।

बैठकमा अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले शिक्षा ऐन संशोधन नहुँदासम्म शिक्षकहरु कार्यरत दरबन्दीमा खुल्ला विज्ञापन नगर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment