Comments Add Comment

भाग्यमानी भन्दै कपिल पुगे पशुपति

kapil-sharma
दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम स्थगित भएपनि नेपाल आएका भारतीय चर्चित कमेडियन कपिल शर्मा पशुपति दर्शनका लागि पुगेका छन् । ‘जय भोले नाथ’ भन्दै कपिलले पशुपतिमा पुगेको तस्बिर आफ्नो फेसबुकमा पोष्ट गरेका छन् ।

उनले पशुपतिको दर्शन गर्न पाउँदा आफू भाग्यमानी भएको समेत लेखेका छन् । शुक्रबार बेलुकी कपिलले आफ्नो ट्विटर र फेसुबक एकाउन्टमा ‘सुन्दर देश, सुन्दर जनता, सुन्दर मौसम, सबै कुरा सुन्दर’ भन्दै नेपाल जान पाउँदा अत्यन्त उत्साहित भएको लेखेका थिए ।

शनिबार दशरथ रंगशालामा हुने भनिएको कपिलको कार्यक्रम स्थगित भएपछि उनले नेपाली जनतासँग भेट गर्ने अवसर भने पाएनन् । कपिल आजै मुम्बई फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment