Comments Add Comment

अढाई लाख घुससहित वीमा एजेन्ट झा पक्राऊ

२८ मंसिर, काठमाडौं । वीमा प्रिमियम दावी गर्नका लागि रिपोर्ट बनाउन अढाई लाख रुपैया घुस माग्ने वीमा एजेण्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

नेशनल लाइफ जनरल इन्सुरेन्सका वीमा एजेण्ट प्रकाश झालाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीले जानकारी दिए ।

एक महिलाको व्यापारिक र्फममा आगलागि भई नष्ट भएपछि २० लाख रुपैयाँ बराबरको वीमा रकम दावी गर्नका लागि रिपोर्ट बनाउन एजेण्ट झाले रकम मागेका थिए ।

अख्तियारले ती महिलालाई आफ्नै पैसा दिएर पठाएको र घुस लिइरहेको अवस्थामा झालाई काठमाडौंको गैरीगाउँबाट पक्राउ गरिएको सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment