Comments Add Comment

अलकायदाको काठमाडौंमा आक्रमण योजना झूठो सावित

२८ मंसिर, काठमाडौं । इस्लामिक आतंककारी संगठन अलकायदाले काठमाडौंमा विष्फोट गराउने योजना बनाएको भन्दै गरिएको प्रचार गलत भएको पुष्टि भएको छ ।

Roshan-bharatiप्रहरी तथा सञ्चार माध्यमहरुलाई गलत इमेल पठाएर फसाउन खोजेको भन्दै रोशन भारती नामका व्यक्ति पक्राउ गरेका छन् ।

‘अरुको इमले हृयाक गरेर गलत सूचना दिने व्यक्तिलाई साइबर क्राइम अनुसार कारवाही गर्दैछौं’ अपराध अनुसन्धान महाशाखका प्रमुख एसएसपी पुष्कर कार्कीले अनलाइनखबरसँग भने ‘रोशन भारती भन्ने व्यक्तिले प्रहरीलाई फसाउन खोजेको रहेछ ।’

भारतीले अर्काको इमेल हृयाक गरी अलकायदाले काठमाडौंको पशुपतिनाथमा विष्फोट गराउन लागेको गलत जानकारी दिएका थिए ।

आइतबार पक्राउ परेका भारतीलाई साइबर अपराध अनुसार कारवाही गरिने कार्कीले बताए । भारतीले दिएको सूचनाको आधारमा प्रहरीले शुक्रवार काठमाडौंबाट पाँच जना पाकिस्तानीसहित २० जनालाई पक्राउ गरेको थियो ।
भारतीले गलत सूचना दिएको पुष्टि भएपछि पक्राउ परेकाहरु सबै छुटेका छन् ।

भारतीले ती व्यक्तिको नाम किन मुछे त ? एसएसपी कार्की भन्छन-‘कहीँ न कहीँ यिनीहरुको एउटै ग्याङ भएर पछि कुरा नमिलेर भारतीले फसाउन खोजेको पनि हुनसक्छ ।’

बेलायतमा प्रमुख कार्यालय रहेको कल्की अवतार फाउन्डेसनको नेपाल प्रतिनिधि पाकिस्तानी नागरिक कयुम रियाजको याहुमेल हृयाक गरी भारतीले कल्की फाउन्डेसनका प्रमुख युनुसको इमेलमा काठमाडौंमा विस्फोट गर्ने योजना सम्वन्धी मेल पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यो इमेलमा पशुपतिनाथ लगायतका स्थानमा बिष्फोट गराउने योजना रहेको झूठो विवरण राखिएको थियो ।
भारतीले त्यो इमेल पि्रन्ट गरी प्रहरी र केही सञ्चार माध्यममा पुगेका थिए ।

त्यसकै आधारमा पक्राउ परेका व्यक्तिको बयान र इमेलको आधिकारिकता अनुसन्धान गर्ने क्रममा भारतीको गलत धन्दाको पर्दापास भएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment