Comments Add Comment

ओली र नेपालबीच मनमुटाव सकियो

फाइल फोटो

२८ मंसिर, काठमाडौं । पाँच महिनादेखिको आन्तरिक मनमुटाव अन्त्य गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल सर्वसम्मत रुपमा पोलिटब्यूरो सदस्य चयन गर्न सहमत भएका छन् ।

ओली निवास बालकोटमा दुई नेताबीच भएको सहमतिपछि पोलिटब्यूरो र स्थायी कमिटीमा सहमतिका आधारमा नेताहरुको चयन गर्ने निश्चित भएको छ ।

नेपालनिकट स्रोतका अनुसार स्थाय कमिटी २३ सदस्यीय हुने भएको छ । जसमा २१ जना पूर्ण र २ वैकल्पिक सदस्य हुनेछन् । हाल स्थायी कमिटी १७ सदस्यीय रहेकोमा अब मधेसी र दलितसहित ६ जना थपिने भएका छन् ।

त्यस्तै पोलिटब्यूरो सदस्यको संख्या ४९ बाट बढेर ४५ सदस्यीय हुने भएको छ । जसमा ३० जना पूर्ण र १५ जना वैकल्पिक सदस्य हुनेछन् ।

अध्यक्ष ओलील्ााई सबै कमिटीमा बहुमत हुने गरी नेपाल पक्षले सम्माजनक स्थान पाउने भएपछि सहमति भएको स्रोतले जनाएको छ ।

अहिले स्थायी कमिटी बैठकमा नेताहरुबीचको सहमतिका आधारमा स्थायी कमिटी र पोलिटब्यूरोमा लैजाने सदस्यहरुका नाममाथि छलफल भइरहेको छ ।

स्थायी कमिटीको निर्णयपछि केन्द्रीय कमिटीमा नाम पेश भएर अनुमोदन गर्ने सम्भावना रहेको केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

स्थायी समितिमा को-को ?

स्रोतका अनुसार स्थायी कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, किरण गुरुङ, लालबाबु पण्डित र रामपि्रत पासवान थपिने सम्भावना छ । प्रदीप नेपालको नाम समेत आएकाले त्यसमाथि छलफल लम्बिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment