Comments Add Comment

बैकर उपाध्यायको आधुनिक एल्बम सार्वजनिक

shayataa (4)
काठमाडौं । गीतकार गोबिन्दप्रसाद उपाध्यायले दोस्रो आधुनिक गीति संग्रह ‘सत्यता-२’ बजारमा ल्याएका छन् । एपेक्स बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यस अघि ‘सत्यता’ एल्बम ल्याएका थिए ।
पहिलो एल्बमका गीत दर्शक एवं स्रोताले मन पराएकै कारण दोस्रो एल्बम ल्याएको उनको भनाई छ । एल्बम विमोचन समारोहमा उपाध्यायको गीत राम्रो लागेको भन्दै फिल्म निर्माता प्रदिप उदयले नयाँ फिल्मका लागि सबै गीत लेख्ने जिम्मा उनैलाइ दिएको बताए ।
निर्माता उदय, संगीतकार लक्षमण शेष, चलचित्र पत्रकार शान्तिप्रिय, गीतकार विपिन किरण र लायन्स गोपाल पौडेलले ‘सत्यता-२’ विमोचन गरेका छन् ।
उपाध्यायले गीत संगीतमा लाग्नुको अतिरिक्त गीत संगीतसंग सम्बन्धित संघसंस्थालाई सहगोग गरेको धारणा संगीतकार लक्षमण शेषले राखे । म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले उपाध्यायको लेखन शैलिको तारिफ गरेका थिए । म्युजिक नेपालले बजारमा ल्याएको यस एल्बममा आठ गीत रहेको छ ।
आठवटै गीतमा हरि लम्सालको संगीत रहेको छ भने अन्जु पन्त, मनोज राज, शिब परियार, आस्था राउत, राज सिग्देल, पुष्पन प्रधान, युवराज चौलागाइ र निखिता थापाको स्वर रहेको छ ।shayataa (5)shayataa (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment