Comments Add Comment

एमालेको जम्बो पोलिटब्यूरोमा ओलीलाई बहुमत (सूचीसहित)

२८ मंसिर, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बहुमतको सुविधासहित नेकपा एमालेले  सहमतिका आधारमा ६२ सदस्यीय जम्बो पोलिटब्यूरो कमिटी गठन गरेको छ ।

पार्टी पोलिटव्यूरो सदस्यहरुको नाम सर्वसम्मत रुपमा चयन भएपछि केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अब एमाले आर्मीको शैलीमा अघि बढ्ने बताए ।

एमाले नवगठित ६२ सदस्यीय पोलिटब्यूरोमा ४७ पूर्ण र १५ वैकल्पिक सदस्य छन् । पूर्ण पोलिटब्यूरोमा अध्यक्ष ओली पक्षका ३४ सदस्य छन् भने नेपाल पक्षका २८ परेका छन् ।

UML Pb list

अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच सहमति भएपछि केन्द्रीय कमिटीको बैठकमा पोलिटब्यूरो सदस्यहरुको गरिएको छ । अघिल्लो पोलिटब्यूरोमा रहेका सबै केन्द्रीय सदस्यलाई स्वत पोलिटब्यूरो सदस्य बनाइएको छ ।

नयाँ अनुहारका रुपमा प्रमुख सचेतक अग्नि खरेल र सचिवका पराजीत किरण गुरुङ पनि पोलिटब्यूरो सदस्य बनाइएको छ ।

को-को छुटे ?

पार्टी विधान अनुसार केन्द्रीय सदस्य भइसकेकाहरु पोलिटब्यूरो सदस्यका लागि योग्य थिए । नेताहरुको सहमतिमा पोलिटब्यूरो गठन गर्दा ओली पक्षका सुशीला नेपाल, कमलादेवी महतो, ज्ञानबहादुर भुजेल, नजिर मियाँ छुटेका छन् ।

यस्तै नेपाल पक्षका जयन्ती राई, टंक कार्की, राजेन्द्रकुमार राई, चूडामणि जंगली, शेरबहादुर तामाङ, जीवनराम श्रेष्ठ, ममता गिरी, ठाकुर गैरे र बैजनाथ चौधरी पनि छुटेका छन् ।

सहमतिपछि ओलीले भने-अब आर्मी स्टाइलले अघि बढ्ने हो

पार्टी पोलिटव्यूरो सदस्यहरुको नाम सर्वसम्मत रुपमा चयन भएपछि केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमाले आन्तरिक रुपमा एकताबद्ध भएकाले अब राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न एकढिक्का भएर अघि बढ्ने बताए ।

‘एमाले अब आर्मी जस्तो एकताल र एक सूरमा अनुशासनबद्ध भएर अघि बढ्छ’ ओलीको भनाई उधृत गर्दै केन्द्रीय सदस्य खिमलाल भट्टराईले भने ‘एमालेमा फेरि अन्तरविरोध हुन्छ फाइदा उठाइन्छ भन्ने कसैले नसोचे हुन्छ’ । पार्टी अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच एकताको सन्देशले कार्यकर्ता पंक्तिमा उत्साह थपिएको केन्द्रीय सदस्य भट्टराईले बताए ।

अर्का केन्द्रीय सदस्य सूर्य थापाले आफूले दिएको ६ बुँदे लिखित सुझावलाई शीर्ष नेताहरुले हुबहु लागू गरेको भन्दै एमालेमा अब महाधिवेशनको आधारमा गुट समाप्त भएको बताए ।

पार्टीको आगामी कार्ययोजना र केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्यहरुको कार्यबिभाजनको गृहकार्य गर्न सोमवार बैठक नहुने सचिव योगेश भट्टराईले जानकारी दिए ।

कार्यबिभाजन पनि नेताहरुको सहमतिमै योग्यता, क्षमता, व्यक्तिको रुची र आवश्यकता आधारमा गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment