Comments Add Comment

जापानको प्रधानमन्त्रीमा आबे पुनः निर्वाचित, चुनावमा दुई तिहाई बहुमत

shinzo_abe_624x351_reuters_nocredit२९ मंसिर, एजेन्सी । जापानको प्रधानमन्त्रीमा सिन्जो आबे पुनः निर्वाचित भएका छन् । आइतबार भएको मध्यावधि निर्वाचनमा दुई तिहाई बहुमत पाएर आबे पुनः प्रधानमन्त्रीमा निर्बाचित भएका हुन् ।
४ सय ७५ सिटका लागि भएको निर्वाचनमा आवेको पार्टी लिबरल डेमोक्रेटिक (एलडीपी)ले ३ सय २५ सिट जितेको छ । आबेको पार्टीसँग मिलेर चुनाव लडेको सत्ता साझेदार कोइमितोले ३५ सिट जितेको छ ।

निर्वाचनमा ४ सय ७५ स्थानका लागि प्रमुख ९ दलबाट एक हजार १ सय ९१ जनाले उम्मेदवारी दिएका थिए ।

सिन्जो आबे सन् २०१२ मा भएको निर्वाचनमा बिजयी हुँदै प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीमा पुनः निर्वाचित भएपछि आबेले जनतालाई आर्थिक रुपमा सम्वृद्ध बनाउन पहिलो प्राथमिकता दिने बताएको समाचार एजेन्सीहरुले बताएका छन् ।

आबेले यसअघि आर्थिक अवस्था सुधार्ने एक कानून बनाउन खोजे पनि बहुमत नपुग्दा अस्वीकृत भएको थियो । अहिलेको चुनाबबाट संविधान संशोधन गर्न सक्ने गरी बहुमत पाएकोले पुनः सो कानून बनाउने प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो निर्वाचनलाई आबेको आर्थिक नीतिको विषयमा जनमत संग्रहको रुपमा हेरिएको थियो । आबेको अर्थ नीतिलाई ‘आबे अर्थशास्त्र’को संज्ञा दिइएको छ ।
–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment