Comments Add Comment

मिस वर्ल्डको उपाधि साउथ अफ्रिकाकी रोलिनी स्ट्रसलाई

miss world 1

यस बर्षको विश्व सुन्दरी प्रतियोगीता बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । विश्वका विभिन्न १२५ देशबाट सुन्दरीहरु प्रतिस्पर्धामा भाग लिन लण्डन पुगेका थिए । तर, सबैलाई उछिन्दै साउथ अफ्रिकाकी रोलिनी स्ट्रसले मिस वर्ल्ड २०१४ को उपाधि जितेकी छिन् । विश्व सुन्दरी भएपछि उनको आँखाबाट आशु झर्यो । तपाई किन नयाँ मिस वर्ल्ड बन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिंदै उनले विश्व सुन्दरीको ताज जित्न सफल भएकी हुन् ।

यस्तै, फस्ट रनरअपको उपाधि हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जितेका छन् ।

विश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए । नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी छिन् । सन् १९५१ पछि दोश्रो पटक मिस वर्ल्ड लण्डनमा भएको हो । दोश्रो चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए ।
मिस ववर्ल्डको स्टेजमा पूर्व विश्व सुन्दरी बलिउड नायिका ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा पुगेकी थिइन् । उनले विश्व सुन्दरी प्रतियोगिता जितेर आफूलाई धेरै उपलब्धी हासिल भएको बताइन् ।miss world 10miss world 8

miss world 2 miss world 3 miss world 4miss world 6


miss world 5

 

मिस ववर्ल्डको स्टेजमा पूर्व विश्व सुन्दरी बलिउड नायिका ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा पुगेकी थिइन् । उनले विश्व सुन्दरी प्रतियोगिता जितेर आफूलाई धेरै उपलब्धी हासिल भएको बताइन् ।

miss world 7 miss world 9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment