Comments Add Comment

चरेससहित दुई जना पक्राउ

२९ मंसिर, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुई किलो ५० ग्राम लागु औषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।

घोराही नगरपालीका १० लालीगुराँस टोल निवासी अन्जली पुनको घरमा पाँहुना आएकी चैलाही तीनकी ३६ वर्षकी सम्झी बुढालाई एक किलो आठसय ग्राम चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

विषेश सुचनाको आधारमा छापा मार्दा सो चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका बुढालाई लागु औषध सम्बन्धि मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको उनले बताए । यस्तै घोराही नगरपालीका ६ गिठेपानीका विरकुमार पुनको घरबाट दुई सय ५० ग्राम चरेस बरामद गरिएको पनि प्रहरीले जानकारी दिएको छ । पुनको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा दुई सय ५० ग्राम चरेस, चरेस राख्न प्रयोग गरिने प्लाष्टिकको रोल एक थान, पाँच थान पोलिथिन व्याग र ढक फेला पारी अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

निमुसंगम घर्तीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment