Comments Add Comment

बलिउडमा पाइला राख्दै बसन्त चौधरी

bashanta chau copy
काठमाडौं । गीतकार एवं उद्योगपति वसन्त चौधरीले हिन्दी भाषामा गीत लेखेको छन् । उनको हिन्दी गीतमा भारतीय गायक गायिकाले स्वर दिएका छन् ।
‘मोमेन्ट्स अफ लभ’ नाम रहेको उनको एल्बममा भारतीय गायक गायिका रुपकुमार राठौर, निती मोहन, सान, जावेद अली, मोहित चौहान, पलक मुचाल र श्रेया घोषालले स्वर दिएका छन् । एल्बममा शुशांक शंकरले संगीत दिएका छन ।

यस अघि नै माया बल्झेछ, तिम्रो नाममा, रिफेल्कसन अफ लभ, वन्ली लभ र लभ फरेवरजस्ता गीति एल्बम ल्याइसकेका छन् उनले । हरेक गीत तथा कवितामा माया र प्रेमकै कुरा गर्ने चौधरीले हिन्दी भाषामा पनि पीरतीकै प्रसंगलाई महत्व दिएको बताए ।
‘हिन्दी गीतको बजार बृहत छ । त्यो ठुलो बजार लिन जमर्को गर्दैछु ।’ चौधरीले भने । एलबमका लागि श्रेया घोषालले गाएको गीतमा म्युजिक भिडियो निर्माण भइसकेको छ भने अन्य गीतको पनि भिडियो बन्ने क्रम जारी छ ।
नेपालको सिजी इन्टरटेमेन्ट र भारतको टाइम्स म्युजिकले एल्बम उत्पादन एवं वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment