Comments Add Comment

चरेश तस्कर र प्रहरीबीच दोहोरो भिडन्त

२९ मंसिर, पर्सा । पर्साको सोनवर्षा गाविस-१ टिकुलीमा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ । मकवानपुरको मनहरीबाट जंगलको बाटो हुदै चरेस आएको सुचनाका आधारमा प्रहरी त्यसतर्फ गएको थियो ।

अञ्चल प्रहरी कार्यालय वीरगञ्जका प्रहरी नायब निरिक्षक अरुण कुशवाहाको नेतृत्वमा खटेको प्रहरी र चरेस तस्करबीच दोहोरो गोली हानाहान भएको बताइएको छ ।

मकवानपुरबाट पर्साको जंगलबाटो सोनवर्षाको टिकुलीमा आएका तस्करसंग गए राति करिब ११ बजे दोहोरो गोलि हानाहान भएको हो । तस्करले सो क्रममा करिब २५ राउण्ड गोलि चलाएको र जवाफी फायरिंगमा आफनो टोलीले ९ राउण्ड गोली खर्चेको प्रहरी नायब निरिक्षक कुशवाहाले बताएका छन ।

प्रहरी र तस्करबीच करिब ३४ राउण्ड गोलि चलेपनि दुबैतर्फ कुनै क्षति भएको छैन । दोहोरो गोली हानाहानपछि तस्कर समुह सोनवर्षाको पश्चिम र उत्तरतर्फ रहेको जंगल पसेको प्रहरी दावी छ ।

प्रहरीले तस्करहरु करिब ३० जनाको संख्यामा रहेको पनि बताएको छ । तस्कर भाग्न सफल भएपनि उनीहरुले चरेसको धुलो भएको ६ बोरा भने फालेको र सो बोरा प्रहरीले बरामद गरेको बताइएको छ । बरामद ६ बटा बोरामा करिब ५ क्वीन्टल चरेसको धुलो भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment