Comments Add Comment

सरकार विस्तार गर्न तयार : सन्चारमन्त्री रिजाल

Minendra-rijal२९ मंसिर, विराटनगर । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले दुई तिहाइको अभिमतलाई आधार मानेर तोकिएकै समयमा संविधान जारी हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले सोमबार बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा संचारमन्त्री रिजालले कुनैपनि बहानामा दुई तिहाईको बिचारलाई लत्याउन नमिल्ने बताए ।

‘सबैलाई सहमतिमै ल्याएर संविधान जारी गर्न अन्तिम प्रयत्न गर्छौं तर सहमति नभए दुई तिहाईको सम्मान हुन्छ,’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री रिजालले पत्रकार सम्मेलनमा भने ।

माघ ८ गते नै पूर्ण संविधान जारी हुने ठोकुवा गर्दै उनले संविधान जारी गर्न आबश्यकता अनुसार अन्य दलहरूलाई पनि सरकारमा सामेल गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment