Comments Add Comment

एमबीबीएस छात्रवृत्तिका लागि सभासदकै फोन आउँछ : शिक्षा सचिव

Bishwa Prakash Pandit

२९ मंसिर, काठमाडौं । शिक्षा सचिव विश्वप्रकाश पण्डितले एमबीबीएस छात्रवृत्तिमा आफ्ना मान्छेको नाम निकाल्न सभासदहरुकै फोन आउने गरेको बताएका छन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा सभासदहरुले एमबीबीएस छात्रवृत्तिको प्रश्नपत्र बिक्रीमा कर्मचारीकै संलग्नता हुन सक्ने बताएपछि सचिव पण्डितले यस्तो बताएका हुन् ।

उनले भने-‘परीक्षाभन्दा १० दिन जति अगाडि मलाई पनि फोन आउँछ । मैले के भन्ने गरेको छु भने क्षमता हुनेलाई फेल नहुने सिस्टम बनाएका छौं । तर, कसैलाई पास गराउने व्यवस्था छैन ।’

बैठकमा सभासदहरुले नैतिक आधारमा राजीनामा दिनुपर्दैन भन्ने प्रश्न पनि पण्डितमाथि उठाएका थिए तर, सचिव पण्डितले राजनीतिमा मात्रै यस्तो चलन रहेको भन्दै कर्मचारी तन्त्रले राजीनामा दिएको इतिहास नरहेको बताए ।

सिस्टममा कमजोरी भएको स्वीकार गरेका उनले राम्रो गर्न आफूसँग हजार आइडिया भएको बताए । उनले भने-आज लक्ष्मण रेखाका कारण मैले भन्न सक्दिँन । तर, अनुमति दिनुुहुन्छ भने बोलाउनुस् ।’
नेपाल नबन्नुमा हामी चुकेको भन्दै उनले भने- मसँग हजार आइडिया छन् । शेयर गर्न तयार छु ।’

सचिव पण्डितले ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ भन्ने नेपाली उखान रहेको भन्दै प्रश्नपत्र छानविन प्रकरणमा कर्मचारीको संलग्नताबारे छानविन गर्न समेत चुनौती दिए ।

तर, मोतिलाल मोदीलगायतका सभासदले हावा नचली पात हल्लिन्न भन्दै प्रतिप्रश्न गरेका थिए ।

यो पनि पढ्नुस् 

८ लाख नतिर्दा एमबीबीएस छात्रवृत्तिमा सभासदपुत्रको नाम निस्केन

प्रश्नपत्र बिक्रीमा शिक्षा मन्त्रालयको कनेक्सन रहेको ‘दलाल’को दाबी (भिडियोसहित)

यसरी वेचियो एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र

एमबीबीएसमा दलालले गर्छन् डेढ अर्बको खेल

एमबीबीएसको प्रश्नपत्र किनबेच गर्ने कुशवाहको घरमा अख्तियारको छापा

एमबीबीएसको प्रश्नपत्र बेचेको पैसा पत्नीको खातामा !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment