Comments Add Comment

अनेरास्ववियूले हस्ताक्षर मार्फत संविधान जारी गर्न दवाब दिने

signature२९ मसिर, काठमाडौ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले माघ ८ मै संविधान जारी गर्न दवाब दिने उद्देश्यले हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।

सोमबार काठमाडौं उपत्यकाका प्रदर्शनीमार्ग, नयाँ बानेश्वर, पुल्चोक, बालाजु, कालिमाटी, ललितपुर र भक्तपुरमा हस्ताक्षर कार्यक्रम सञ्चालन गरेको हो ।

तीन दिनसम्म संकलन गरिने ती हस्ताक्षर जम्मा गरेर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाइने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

शुक्रबारदेखि आइतबारसम्म तीन दिन अनेरास्ववियुले ‘सभासद्ज्यू, नमस्कार ! तपाईं संविधान निर्माणको काममा लागिरहनुभएको छ ?, माघ ८ मा नयाँ संविधान आउँछ त ? भन्ने प्रश्नसहित सर्वसाधारणबाट हस्ताक्षर संकलन गर्ने छ । यसअघि अनेरास्ववियूले सभासदहरुलाई एसएमएस मार्फत् ध्यानाकर्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment