Comments Add Comment

पश्चिमी वायु पुनः सक्रिय, चिसो अझै बढ्ने

२९ मंसिर, काठमाडौं । सोमबार मुलुकभरको मौसममा सामान्य सुधार आएको छ । तर, पश्चिमी वायु पुनः सक्रिय हुँदै गएका कारण अझै केही दिन मौसम बदली भई चिसो बढ्ने अनुमान गरिएको छ ।

अरब सागरबाट पाकिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई पानी पर्दा आइतबार काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको थियो ।

“पश्चिमी वायुको प्रभाव सकिएर आज देशको मध्यभागमा मौसम सफा रहेपनि पश्चिमी र पूर्वी भेगका केही स्थानमा मध्याहृनपछि हल्का बादल छाएको छ, पश्चिमी वायु पुनः सक्रिय भएकाले यो समस्या आएको हो, आइतबारको जस्तो ठूलो प्रभाव नपर्ने भएपनि केही दिन मौसम सामान्य बदली भई हल्का पानीसमेत पर्नेछ,” मौसमविद् राजाराम ढकालले भनेका छन् ।

अरब सागरबाट अफगानिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट आज पश्चिमी वायु प्रवेश गरेकाले क्रमशः मौसम बदली भई चिसो बढ्नेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार उपत्यकाको तापक्रम न्यूनतम ३.५ तथा अधिकतम १७ डिग्री सेल्सियस रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment