Comments Add Comment

कांग्रेस नेता गौचनको आर्यघाटमा अन्त्येष्टि

PM-Last-Respect-to-Late-Gauchan
गौचनप्रति अन्तिम श्रद्धान्जली दिँदै प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला । तस्वीर : रासस

२९ मंसिर, काठमाडौं । भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएका नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमिति सदस्य एवं पूर्व महासमिति सदस्य हेमप्रसाद गौचनको सोमबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले पार्टीको झण्डा ओढाएर स्वर्गीय गौचनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, मुस्ताङका कांग्रेसका नेता-कार्यकर्ताहरु तथा स्वर्गीय गौचनका आफन्तजनहरु श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट पुगेका थिए ।

गौचनको शनिबार उपचारको क्रममा दिल्लीको मेदान्त अस्पतालमा निधन भएको थियो । स्वर्गीय गौचन कांग्रेस सभासद रोमी गौचन थकालीका दाजु हुन् ।

उनको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment